प्रदेश र संघीय सरकारविचको द्वन्द्व प्रहरी संगठनलाई खतरा



जनकपुरधाम : प्रदेश र सङ्घीय सरकारबिचको द्वन्द्वले प्रहरी सङ्गठन भित्रै फाटो ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । जनकपुरमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी भर्नाको विषयलाई लिएर भइरहेको टीकाटिप्पणीप्रति आपत्ति जनाएका छन् ।

सङ्घीय सरकारले आवश्यक ऐन–नियम समयमै नबनाएको आरोप लगाउँदै मन्त्री यादवले संविधानलाई नै आधार बनाएर प्रदेश प्रहरी कानुन बनाउँदा अनावश्यक बखेडा झिकेको तर्क गरे । 

 

प्रदेश नम्बर दुईले सङ्घीय सरकार सँग मिलेर काम गर्न खोजे पनि तर त्यसो हुन नसकेको उनको गुनासो थियो । 

एक अर्को प्रसङ्गमा मन्त्री यादवले प्रदेश २ सरकारले छिटै पत्रकार मैत्री कानुन बनाउन लागेको जानकारी दिए । सञ्चारकर्मी सुरक्षित नहुँदासम्म लोकतन्त्र सुरक्षित नहुने उनको भनाई थियो ।

पत्रकारको सुरक्षाको सम्पूर्ण जिम्मेवारी राज्यको रहेको र प्रदेश सरकार सञ्चारकर्मीलाई हरपल सुरक्षा दिन प्रतिबद्ध रहेको उनले बताए । 

कार्यक्रममा १० वर्षे सशस्त्र द्वन्द्वदेखि मधेस आन्दोलनसम्म सञ्चारकर्मीले भोगेको दुःखबारेको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्