पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराध हुने सर्वोच्च अदालतकाे फैसला



एजेन्सी । यौन सम्पर्क गर्दा आफ्नो पार्टनरको स्पष्ट अनुमतिबिना कण्डम निकाल्नु अपराध भएको क्यानडाको सर्वोच्च अदालतले फैसला गरेको छ। सन् २०१७ मा अनलाइनमार्फत बोलचाल गरेका, त्यसपछि व्यक्तिग रूपमाभेट गरेका र यौन सम्पर्कका लागि फेरि भेट गरेका २ जना व्यक्तिको मुद्दामा अदालतले उक्त फैसला गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

नाम गोप्य राखिएकी महिलाले कन्डमको प्रयोगमा यौनसम्पर्क गर्न सहमति जनाएकी थिइन्। २ मध्ये एक पटकको यौन सम्पर्कमा अभियुक्त पुरुषले कन्डम लगाएका थिएनन्। सोही कारण महिलाले एचआईभी रोकथामको उपचार गर्नु परेको थियो।

प्रतिवादी रोस म्याकेन्जी किर्कप्याट्रिकलाई यौन दुर्व्यवहारको आरोप लगाइएको थियो। कन्डम लगाउन असफल भए तापनि उजुरीकर्ताले यौन सम्बन्धमा सहमति जनाएको फैसलामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्