६ सय २० जनामा कोरोना पुष्टि, झण्डै ३ सय जना निको



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ नमुना परीक्षण गर्दा ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ६५१ पीसीआरमा ४९६ र ३ हजार १९५ एन्टीजेन परीक्षणमा १२४ जना संक्रमित फेला परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

साथै २४ घण्टामा थप २ सय ९७ जना संक्रमणमुक्त भएका छन् । भने कोरोना संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

भने पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्