यस्तो छ तपाईंको आजको राशिफल



काठमाडौं । आज १६ साउन २०७९, सोमबार । तदनुसार १ अगष्ट २०२२ । श्रावणशुक्लपक्ष चर्तुर्थी, बणिज करण, पूर्वाफाल्गुनी नक्षत्र, परिध योग, चन्द्रमा सिंह राशिमा रहेको छ। आज बिहान सूर्योदय ५ः२७ मा र सूर्यास्त ६ः५३ मा हुनेछ ।

आजको देवता विश्वकर्मा र ग्र्रहदेव शनि रहेको छ। सोमबार शिवको प्रिय बार हो। त्यसमा पनि साउनको सोमबार देशभरका शिवालयमा दर्शनार्थीहरुको घुँइँचो लाग्ने गर्दछ । विशेषगरी साउनको सोमबार महिलाहरु व्रत बस्ने गर्दछन्।

आजको दिन बाहन खरिद बिक्री र मर्मतको लागि निकै राम्रो दिन मानिन्छ। यात्रा र नयाँ शिक्षण संस्थामा भर्नाका लागि पनि आजको दिन शुभ रहेको छ। आज बिहान ०७ः०८ देखि ८ः४९ सम्मको समय राहुकाल रहेको छ।

त्यसबाहेक आजको दिन शुभ मानिन्छ। बिहान ११ः४४ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ। यो समयमा कुनै नयाँ र शुभकार्य गर्न सकिन्छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन आम्दानी हुनेछ। व्यापार व्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ। परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा श्री प्राप्ति हुनेछ। स्वास्थ्यमा केही समस्या हुनसक्छ त्यसैले ध्यान दिनुहोला।  शिवालय यात्रा फलदायी हुनेछ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ। मनमा प्रसन्नता छाउने छ। आजको दिन तपाईंलाई शत्रुले समेत तपाईलाई सम्मान गर्नेछन्। आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला। आजको दिन मौन रहनु तपाईहरुको लागि उत्तम हुनेछ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ। नयाँ वस्त्र, आभूषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ। व्यापार व्यवसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ। मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ। तपाईंलाई मानसम्मान मिल्नेछ। आजको दिन कसैसँग विवाद नगर्नु होला। आफ्नो नियमित काममा मात्र ध्यान दिनुहोला।      

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपाईंको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ। आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धि हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ। सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ। चन्द्रमाको साथ रहेको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला।    

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईंले सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरूले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । परिवारमा विवाद हुनसक्छ बेलैमा होसियार हुनुहोला । बालिकाका दान दक्षिण दिनुहोला ।   

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंले आजको दिन शुरु गरेको काम सफल हुनेछ। व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ। अनावश्यक खर्च हुने सम्भावना छ। यात्राका लागि प्रस्ताव आउनसक्छ। अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ। आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने तपाईको मनमा उर्जा थपिने छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ। अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ। आजको दिन यात्रा नगर्दा तपाईंको भलो हुनेछ। त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला। सामाजिक काममा लाग्नुहोला । परिवारमा अपमान पनि हुनसक्छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । आज बिहान कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दिनुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईंले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । तपाईंलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ। आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ। आर्थिक बृद्धि हुने सम्भावना  छ। कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ। चन्द्रमाको साथ रहेको छ। आज तपाईको सोचअनुसार काम हुनेछ। बिहान सूर्योदयको दर्शन गर्नुहोला । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा प्रसन्नता छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ। ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ। अध्ययन अध्यापनको काममा लाग्नुहोला। बिहानको सूर्योदयको दर्शन गर्नुहोला।    

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ। दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ।  नयाँ सिर्जनात्मक लेखनको काममा लाग्नुहोला। शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ। साँझको समयमा शिवालय दर्शन यात्रा गर्नु उत्तम हुनेछ।  

 

 

प्रतिक्रिया दिनुहोस्