नेपालमा औँलो रोगको प्रकोप, एक वर्षमा ५ प्रतिशतले वृद्धि



वीरगञ्ज : नेपालमा औँलो रोगका विरामी १ हजार १ सय ८७ जना रहेका छन् । बिहीबार युएसएआईटी तथा चिल्ट्रेन सेभको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रोग नियन्त्रण महाशाखाले वीरगन्जमा आयोजना गरेको निजि प्रयोगशालाहरु संगको प्रशिक्षण कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो । 

कार्यक्रममा महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धन प्रसाद पौडेलले आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा औँलो रोगका विरामी रहेको तथ्य सार्वजनिक गरेका हुन् । उनले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ५ प्रतिशतले वृद्धि भएको बताए ।

‘२०६५/०६६ मा औँलो रोगका विरामीको संख्या ३ हजार ५ सय ७७ जना थियो,’ उनले भने, ‘यसलाई निवारण गर्न हामीले अभियाननै चलाएका थियो । ७ वर्षको अवधिसम्म ३५ सय ७७ बाट घटेर आर्थिक वर्ष २०७२/०७३ सम्ममा ९ सय ९१ जना मात्र रोगीहरु रहेका थिए । हाल यसलाई पनि निवारण गर्ने प्रयास जारी रहेको उनले बताए ।

प्रदेश अन्तर्गत हेर्ने हो भने प्रदेश ७ सुदूरपश्चिममा सबभन्दा बढी औँलो रोगका विरामी रहेका छन् । सुदूरपश्चिमका अधिकांश युवाहरु विदेश पलायन रहेकाले नेपाल फर्कने क्रममा औँलो रोगका सिकार भएर फर्कने गरेका कारण नेपालमा औँलो रोगीको वृद्धि हुने गरेको उनले बताए । 

२०७४/०७५ मा नेपालमै औँलो रोग भएका विरामी ५ सय ५७ जना रहेका छन् भने अन्य देशबाट शरुवा भएर आएका रोगीको संख्या ६ सय ३० जनाको रहेको छ । दोश्रोमा प्रदेश ५ रहेको छ । यहाँ २ सय ३० जना औँलो रोगका सिकार भएका छन् । त्यसैगरी प्रदेश ६, ४, ३, २ र १ मा क्रमश, २ सय १०, ३६, २६, ६६ र २४ जना औँलो विरामी रहेको तथ्यांकले जनाएको छ ।

औँलो रोग पत्ता लगाउन समाजमा चुनौतीको रुपमा रहेको हुनाले निजी प्रयोगशालाहरुको सहयोगमा यसलाई उजागर गरेर यथार्थ पहिचान गरी यसलाई निवारण गर्न मद्दत पुग्ने टेक्नोलोजिस्ट पौलेलले बताए ।

उनले भने, ‘सरकारी स्तरबाट हामी यसको पहिचान गर्ने काम गरी नै रहेको छौँ । तर, थप प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको प्रयोगशालाका कर्मचारीहरुको सहायताले खोज पड्ताल गरेपछि लुकेको बिरामीहरुको संख्या बढ्न सक्छ र यसको निराकरण गर्न हामीलाई मद्दत पुग्ने छ ।’

वीरगन्जमा आयोजित प्रशिक्षण कार्यक्रममा बारा र पर्सा गरी ३ सिप्टमा ६० जनाभन्दा बढी निजी प्रयोगशालामा कार्यरत कर्मचारीहरुको प्रशिक्षण दिने काम भइरहेको मेडिकल ल्याबोरोट्री एशोसिएशन अफ नेपाल (मेलान) का जिल्ला अध्यक्ष विपिन कुमार चौरसियाले बताए । 

प्रशिक्षण कार्यक्रममा सहभागिता निजी प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई गुणस्तरीय समाग्रीहरुको प्रयोग गरी शंकास्पद औँलो विरामीको रक्त परीक्षण गर्न, परीक्षण गरेको विवरण पूर्णरुपमा राख्ने, रक्त परीक्षण पोजेटिभ आएमा तुरुन्तै एमडिआईएस तथा ईवाइएआरएस मा जानकारी गराउनु पर्नेछ । 

त्यसैगरी पोजेटिभ बिरामीको विवरण रोगको वर्गीकरणसहित पूर्णरुपमा तोकिएको रजिष्टारमा राख्ने र हरेक महिना एचएमआईएस फाराम समयमै पूर्णरुपमा सहिसँग भरी डिएचआईएस २ मा इन्ट्री गरी महाशाखालाई खबर गर्ने परीक्षार्थीहरुलाई प्रशिक्षण दिएको थियो । कार्यक्रममा सहभागि परिक्षार्थीहरुलाई प्रशिक्षकद्वय, कान्जय चौधरी र रामबालक रायले औँलो रोग नियन्त्रणबारे प्रशिक्षण दिएका थिए । 

औँलो निवारणका लागि आवश्यक रणनैतिक सूचना सुदृढिकरण गर्ने, सक्रिय खोजपड्ताल तथा भेक्टर कन्ट्रोल मार्फत औँलो सर्ने दरलाई घटाइ विरामीको संख्या कम गर्ने, गुणस्तर निदान तथा प्रभावकारी उपचारमा पहुँच बढाउने, रोगलाई निवारणका लागि राजनैतिक नेतृत्व र समुदायको सहभागिता सुनिश्चित गर्ने र प्राविधिक तथा व्यवस्थापकिय क्षमता विकास गर्ने मुख्य लक्ष्य लिएर यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडाैं : कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ

एजेन्सी : थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको)

एजेन्सी : लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक सङ्कट झेल्न बाध्य भएको एक स्वदेशी

एजेन्सी : इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

काठमाडौं : चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लाग्नु भएको छ । संयुक्त राष्ट्रसंघ

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६/७७

एजेन्सी : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा

एजेन्सी : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गर्नुभएको छ । उहाँको तीन

काठमाडौं : सिमेन्ट उत्पादन सङ्घको अध्यक्षमा पुनः ध्रुवराज थापा निर्वाचित भएका छन्। संघले बिहीबार नयाँ

काठमाडौं : नेपाल सरकारको उच्च पदस्थ व्यक्तिहरुले प्रयोग गर्ने हेलिकप्टर काठमाडौं आइपुगेको छ । बिहीबार