एकैदिन ८ सय ९५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु



काठमाडौं । सोमबार एकैदिन ८ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५ हजार ९ सय ९ नमूना परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ६ सय ८५ र एन्टिजेनबाट २ हजार २ सय २४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ६ सय ३२ र एन्टिजेनबाट २ सय ६३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

साथै आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप २६४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ हजार १७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्