मिरुनाको ‘सिल्की सिल्की बाल’मा अल्झे आर्यन (भिडियो)



काठमाडौं : चलचित्र 'च च हुई’को गीत 'सिल्की स्लिकी बाल' सार्वजनिक भएको छ । 

‘च च हुई’को पहिलो गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन् । 

राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सिवाकोटीकै सङ्गीत रहेको छ भने सिवाकोटी र श्याम लामिछानेको शब्द छ । 

आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'च च हुई' लाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । 

मिरुना, आर्यन बाहेक चलचित्रमा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायत कलाकारको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्