पागल पागल गाउने रसाइली पूर्वमा चर्चित



काठमाडौं : पागल पागल बोलको गीत गाउने कमल रसाइली अहिले पूर्वमा चर्चित छन् । विगत १ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनको ‘पागल पगल’’सँगै ‘तिम्रो माया’ बोलको गीत पनि चर्चित छ ।  झापाको मेची नगरपालिकामा जन्मिएका उनी एक दशक अघि काठमाडौं आएका थिए ।

२०६६ मा झापा आइडलबाट व्यवसायिक यात्रा सुरु गरेका रसाईलीले आफ्नो यात्रा अगाडि बढाउँदै ०६८ सालमा सिने आइकन नेपालको टप ६ सम्म  पु-याए । 

उनले नेपाली चलचित्रमा समेत स्वर दिएका छन् । हाल उनी नेपालका स्टेज कार्यक्रमहरुमा व्यस्त छन् । मेला महोत्सवमा उनलाई हेर्न र भेट्न चाहने दर्शकहरुको कमी छैन । 

आउने दशैँमा ‘झिल्के धन माया र ‘अलिकती हैन तिमीलाई धेरै माया गर्छु’ गीत सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । 

उनी भन्छन्, ‘मेरो मामाघरमा  क्षमाले  गीत गाउनु हुन्थ्यो, उहाँकै प्रेरणाबाट मैले नि गीत गाउन थालेँ ।

 

प्रतिक्रिया दिनुहोस्