एकैदिन ८ सय १४ जनामा कोरोना पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्‍यु भएको छैन । यस्तै सोहि अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ ।

नेपालमा हालसम्म कोभिड-१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ । यता थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्