आमिर खानकी छोरीले प्रेमीसँगको तस्वीर सेयर गरेपछि फ्यान चिन्तित !



एजेन्सी : आमिर खानकी छोरी इरा खान चर्चाभन्दा बाहिर छिन् । भलै उनी फिल्म उद्योगसँग नजिक छिन् तर मिडियामा आउन चाहन्नन् । सामाजिक सञ्जालमा भने उनले निरन्तर तस्बिर अपलोड गरिरहेकी हुन्छिन् । उनको व्यक्तिगत जीवनको झलक सामाजिक सञ्जालमा हेर्ने मौका फ्यानले पाएका हुन्छन् ।

उनी कैयन् पटक आफ्ना ब्यायफ्रेण्ड मिशाल कृपलानीसँग पनि देखिन्छन् । उनले आफ्नो सम्बन्धलाई लुकाउन चाहँदैनन् । तर, हालै उनले सार्वजनिक गरेको एक तस्बिरलाई लिएर फ्यानले चिन्ता व्यक्त गरेका छन् ।

खासमा इराले आफ्नो र मिशालको तस्बिर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । जसमा दुवै प्रेम व्यक्त गरिरहेका देखिन्छन् । तस्बिरमा प्रेम झल्किए पनि तस्बिरमा लेखिएको क्याप्सनले भने फरक सन्देश दिएको छ ।

इरानले क्याप्सनमा लेखिन् – सबै ठिक हुनेछ । योसँगै उनले कैयन् ह्यासटाग पनि प्रयोग गरेकी छिन् । उनले मिस यु, जिन्दगी, स्वीकार गर, इट्स ओके जस्ता शब्दलाई ह्यासट्यागमा प्रयोग गरेकी छिन् ।

फ्यानले उनलाई धैर्य रहन आग्रह गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘के सबै ठिक छ?’ अर्का एक प्रयोगकर्ताले थपेका छन्, ‘तपाईँहरू दुईबिच सबै ठिक छ नि?’ कतिले भने इरा र मिशालको तस्बिरमा खुबै माया दर्साएका छन् ।

प्रतिक्रिया दिनुहोस्