अब मदिरा उद्योग खोल्न मन्त्रिपरिषद्को अनुमति लिनुपर्ने



काठमाडाैँ : अब मदिरा उत्पादनसम्बन्धी कुनै पनि उद्योग खोल्न मन्त्रिपरिषद्को अनुमति लिनुपर्ने भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पारित गरेको औद्योगिक व्यवसाय विधेयक २०७५ अनुसार माइक्रो ब्रुअरी, बियर, मदिरा वा मदिराजन्य पदार्थको उत्पादन गर्ने उद्योग खोल्न मन्त्रिपरिषदबाट अनुमति लिनुपर्ने व्यवस्था रहेकाे खबर आजकाे राजधानी दैनिकले छापेकाे छ।

प्रतिक्रिया दिनुहोस्