प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण



काठमाडौं : काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । 

महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो । 

मनुमित्र कार्यक्रमअन्र्तगत कामपले ती कुकुर व्यवस्थित गरेको हो । आजको नेपाल समाचापत्रमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्