यू–१९ एसिया कप खेल्ने क्रिकेट टोली श्रीलंका प्रस्थान



काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली श्रीलंका प्रस्थान गरेका छन्। श्रीलंकामा भदौ १९ देखि सुरु हुने प्रतियोगिताको लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, एसीसीका नेपाल प्रतिनिधि भावना घिमिरे लगायतले बिदाइ गरे। श्रीलंकामा नेपाली टिम विशेष तयारी गर्न चाडै त्यसतर्फ गएको छ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ। समूह ‘ब’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ। यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्