खोलाले बगाएर एक महिलाकाे मृत्यु



बागलुङ : बागलुङको सिगानामा खोलाले बगाएर एक बृद्ध महिलाको मृत्यु भएको छ। जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखरा की ७५ वर्षीय अछि गिरीको बागलुङ नगरपालिका ८ सिगानामा रहेको गुवाखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो।

गुवाखोला तर्ने क्रममा लडेर घाइते भएकी गिरीलाई स्थानीयले उद्दार गरेर धौलागिरी अञ्चल अस्पताल पुर्‍याएका थिए। गिरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए।

बागलुङ नगरपालिका ९ तित्याङमा रहेको माइतीबाट भीमापोखरा फर्किंदै गर्दा उनी गुवा खोलामा लडेकी थिइन्। खोलाले बगाएर ल्याएको ढुंगाले उनलाई ठक्कर दिँदा उनी लडेको प्रत्यक्षदर्शीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्