मापदण्ड विपरीतका ८ इँटा भट्टामा डोजर



काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिकाले मापदण्ड विपरीत सञ्चालन भएका भकुण्डे क्षेत्रका ८ इँटा भट्टा डोजर लगाएर भत्काएको छ। मापदण्ड पूरा गर्न व्यवसायीहरुलाई ६ महिनाको समयसीमा उपलब्ध गराउँदा समेत वेवास्ता गरेपछि इट्टा उद्योगमा बाध्य भएर डोजर र क्रेन चलाउनु परेको नगरपालिकाका प्रमुख टिपी शर्मा तिमिल्सिनाले जानकारी दिए।

६ महिनाभित्र मापदण्ड पूरा गर्न नगरपालिकाले गत पुस २८ गते उद्योगीलाई ६ महिनाको समय दिएको उनले बताए। यता सत्यनारायण ईट्टा उद्योगका सञ्चालक लक्ष्मण मर्हजनले भने नगरपालिकाले सम्झौता विपरित इट्टा उद्योगमा डोजर चलाएको आरोप लगाएका छन्। 

unn.prixa.net

 

प्रतिक्रिया दिनुहोस्