बलिउडका १० कलाकार जसले एकभन्दा बढि महिलासँग डेट गरे



एजेन्सी : सेलेब्रेटीलाई मन नपराउने सायदै होलान्। तिनै कलाकार जुन फिल्ममा थरिथरिका नयाँ सम्बन्ध लिएर देखा पर्दछन्। अनस्क्रिन मात्र नभएर अफ स्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन, जो प्रेम सम्बन्ध कै कारण पनि समाचारको शीर्षक बन्ने गर्छन। महिलाको मन सजिलै जित्ने र एक भन्दा बढि महिलासँग डेट गरेका  १०  बलिउड कलाकारहरुको बारेमा यहाँ चर्चा गरिएको छ।

१. सलमान खान :- ५० भन्दा बढि विवाह प्रस्तावलाई सारिसकेका तर हालसम्म पनि विहेको बाजा नबजाएका सलमान खान बलिउडका बुढा कुमार हुन्। सलमानले ५० भन्दा बढि महिलासंग डेट गरिसकेका छन्। सोमी अली, संगिता विजलानी, ऐश्वर्या राय, कट्रीना केफलगायतसंग उनको नाम जोडिइसकेको छ।

२. रनविर कपुर :- बलिउडका कान्छा तथा चकलेटी रकस्टार हुन् रनविर। रनविरलाई एकोहोरो माया गर्ने युवतीहरु धेरै छन्। र उनको दोहोरो सम्बन्ध पनि धेरै महिलासंग रहदै आएको छ। अभिनेत्री दिपिका पादुकोण, क्याट्रिना कैफ, नर्गिस फक्रिन र सोनम कपुरसंग उनको नाम जोडिएको थियो।

 

३. रनविर सिंह :- स्वभावैले चन्चले देखिने बलिउड अभिनेता रनविरले पनि एक भन्दा बढि महिलासंग डेट गरिसकेका छन्। दिपिका भन्दा अघि रनविरले खुलेआम अनुष्का र सोनाक्षि सिंन्हासंग डेट गरेका थिए।

 

४. शाहिद कपुर :- बलिउडका चकलेटी वोई भनेर चिनिने अभिनेता शाहिद कपुर पनि खेलाडि नै हुन्। शाहिदले मिति तोकिसकेका केहि विवाह पनि तोडिसकेका थिए। उनले जतिसंग डेट गरे तिनैसंग ब्रेक अप गरे र अन्त्यमा मिरा राजपुतसंग विवाह गरे। करिना कपुर, अम्रिता राव, अनुष्का शर्मा, विद्या वालन, प्रियंका चोपडा, तथा टेनिश स्टार सोनिया मिर्जासंग डेट गरेका थिए।

 

५. अर्जुन कपुर :- अभिनेता अर्जुन कपुर पनि फिल्ममा मात्रै नभएर वास्तवमा पनि धेरै जनासंग डेट गरिसकेका व्यक्ति हुन्। अर्जुनले सलमान खानकी बहिनी अर्पिता, अभिनेत्री आलीया भाट, श्रद्धा कपुर र मलाइका आरोरासंग डेट गरेको कुरा चर्चामा छ।

 

६. अक्षय कुमार :- पत्याउनुस या नपत्याउनु बलिउडका सबैभन्दा ठुला प्ले वोई अक्षय कुमार हुन्। अक्षय कुमारले कैयौ युवतीसंग विहेअघि र विहेपछि डेट गरिसकेका छन्। उनको सम्बन्धको सुरुवात आयसा झुल्का देखि रविना टण्डन, शिल्पा शेठ्ठी, पुजासंग चलेको थियो। र अन्त्यमा ट्विंकल खन्नासंग विहे गरेका हुन्। विहेपछि प्रियंका चोपडासंगको सम्बन्ध चर्चामा थियो।

७. हरमान भेज्वा :- फ्यानहरुको दिमागमा अभिनेता हरमानको फिल्म चलेपनि उनको मनमा युवतीको राज हुन्छ। प्रियंका चोपडा, शमिता सेठ्ठी, अम्रिता रावसंगको सम्बन्ध चर्चामा थियो।

 

८. रणदिप हुड्डा :- अभिनेता हुड्डाले आफु भन्दा जेठि र कान्छी महिला गरेर कैयौसंग डेट गरिसकेका छन्। सुस्मिता सेन, नितु चन्द्रा, अदीति रावसंगको उनको डेट चर्चामा थियो।

९. जोन अब्राहम :- धेरै महिलासंग नाम जोडिने अभिनेतामा जोनको नाम पनि अगाडि नै आउने गर्दछ। उनले विपाशा वासु, प्रियंका चोपडा, प्रिया रोन्चुल लगायतसंग डेट गरिसकेका छन्।

१०. रितिक रोशन :– डान्स स्टार रितिकले पनि एकभन्दा बढि युवतीसंग डेट गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्