थाहा पाउनुहोस् आजको राशिफल



काठमाडौं । आजको पात्रो : २४ साउन २०७९, मंगलबार । अगस्ट महिनाको ९ तारिक २०२२ । श्रावणशुक्लपक्ष द्धादशी, बब करण, मूल नक्षत्र विष्कुष्म योग, चन्द्रमा धनु राशिमा रहेको छ। आज बिहान सूर्योदय ५ः३१ मा भएको छ भने सूर्यास्त ६ः४८ हुनेछ ।

मंगलबार बिहान गणेश र हुनमान मन्दिरको दर्शन गर्दा शुभ हुनेछ। मंगलबार कुनै शुभकार्य गर्न सकिन्छ । मंगलबार व्रत बस्नेका लागि आजको दिन विशेष हो । मंगलागौरीको व्रत बस्ने दिन हो। अविवाहित महिलाले आजको दिन व्रत बस्दा विवाह आदि कार्यका अवरोध हटने छ।

आज बिहान ११ः४४ देखि १२ः३७ सम्मको समय शुभ रहेको छ । आजको दिन गणेश बन्दना अवश्य गर्नुहोला ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि हरेक मंगलबार नयाँ कामको शुरुवात गर्न सक्नेछन्। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । विलासिताको सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अध्ययन अध्यापनमा समय दिनुभयो भने शुभ हुनेछ। आज यात्रा गर्न खोज्नु भएको छ भने फलदायी हुनेछ। सामाजिक सेवा र अध्यात्मको काममा मन लगाउनु होला। बालक, वृद्धलाई भोजन र वस्त्र दान गर्नुभयो भने मन खुसी हुनेछ। आज बिहान सूर्योदयको दर्शन गर्नु होला।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ। मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला। व्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ। त्यसैले मौन रहेर काम गर्दा निकै फाइदा हुन्छ। आवश्यक भन्दा बढी नबोल्ने, आफ्नो नियमित काम मात्र गर्ने गर्नुहोला।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन अनुकूल देखिन्छ । धन प्राप्तिको योग  छ। नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनु हुनेछ। निराशा हटेर आशाका किरण फैलने छन्। अर्थ कारोबार गर्दा विचार गर्नुहोला। कसैलाई दिनुभएको सापटी रकम समेत पाउनुहुनेछ। कसैमाथि नकारात्मक सोचर काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन घरपरिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ । विचार गर्नुहोस् । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ। स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ। अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेका मित्रबाट धोका हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ।  मंगलबार कुनै नयाँ काम सुरुवात र मानसम्मान समेत मिल्नेछ। व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ। आजको दिन कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन समय त्यति अनुकुल देखिदैन। अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ। त्यसैले आजको दिन तुला राशिका जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक प्रश्नहरु उठनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ। स्त्रीबाट साथ सहयोग मिल्नेछ। घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ। आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ। 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
आजको दिन सफलता मिल्नेछ । सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ। आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने सम्भावना कम हुन्छ । व्यापार व्यवसायमा गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ। सूर्योदयको दर्शन गर्नुहोला ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको प्रभाव जे सोचेर काम गर्नुहुन्छ सफल हुनेछ। बसोबास भएकोे स्थानमा रहेको मठमन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन अनुकुल देखिँदैन । नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला। आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला। घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ। मीन राशिका जातकले मंगलबार लेख्ने र पढ्ने कामको सुरुवात गर्नसक्नुहुन्छ। कुनै नयाँ पुस्तक खरिद, वस्त्र खरिद र दान र शिवालय रदेवालयमा गएर भोकालाई खानेकुरा खान दिनुभयो भने उन्नति र प्रगति हुँदै जानेछ। सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिने छ।

 

प्रतिक्रिया दिनुहोस्