अहिलेसम्मकै महँगो सुन, फेरि बढ्यो मूल्य



काठमाडौं : सुनको भाउ दिनहुँ आकाशिँदै गएको छ । सुन (आज) सोमबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

योसँगै सुनले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । 

यस्तै, चाँदी पनि सोमबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्