‘अभागी भन्दै निर्माताले सिनेमामा नलिँदा पीडा हुन्थ्यो र म डराउँथे’ : बलिउड अभिनेत्री तप्सी



एजेन्सी : आजको दिनमा बलिउड अभिनेत्री  तप्सी पन्नुले एकपछि अर्को गर्दै सफलता हासिल गर्दै गइरहेकी छिन्। उनका सिनेमा दर्शकले त मनपराइरहेका छन् नै वक्सअफिसमा पैसा पनि छापिरहेका छन्।

तर कुनै समय यस्तो पनि थियो जब निर्माताहरू उनलाई 'अभागी'को संज्ञा दिदैं सिनेमामा लिन हिच्किचाउँथे। यी कुराहरूले उनलाई चोट त दिन्थ्यो नै सँगै उनीहरूले भने जस्तै पो हो की भनेर उनको मनमा डर पलाउँथ्यो।

 

 

Image result for sad taapsee-pannu

 

हाल आफू अभिनित पछिल्लो सिनेमा 'मिशन मंगल'को सफलतामा रमाइरहेकी तप्सी अब भने बितेका असफलतालाई बिर्सदै अगाडि बढ्नुपर्छ भनेर दृढ भइसकेकी छिन्। हुन पनि करियरको सुरूवातमा असफलता भोगेपनि 'पिकं',  'मुल्क', 'मनमर्जिया' तथा 'बदला' सिनेमाबाट पछिल्लो समय सफलताको स्वाद चाखिसकेकी छिन्। 

'रनिङ शादी', 'दिल जङ्गली' तथा 'गेम ओभर' जस्ता सिनेमाहरू फ्लप बनेपछि निर्माताहरूको नजरमा उनी अभागी अभिनेत्रीका रूपमा चित्रित भएकी थिइन्। जसका कारण निर्माताहरू उनलाई सिनेमामा लिन चाहदैनथें।

दक्षिण भारतीय सिनेमा उद्योगमा त यो 'अभागी'को पदवी पहिले नै पाइसकेकी थिइन्। यता बलिउडमा पनि सोही क्रम दोहोरिएपछि तप्सीलाई पीडा र डर त हुने नै भयो। तर उनले हरेश खाइनन्, खुबै मेहेनत गरिन्।

'राम्ररी नचलेका सिनेमाहरु लडाईमा लागेका घाउहरूको दागहरु हुन्, तिनमा गर्व गर्नुपर्छ। ती त्यस्ता केही अनुभवहरु हुन् जसले मार्दैन बरू बलियो बनाउँछ', उनले भनिन्, 'अभागी भनिनु एकदमै पीडादायी थियो र डरलाग्दो कुरा थियो किनकी एक समय मेरो विश्वसनियता र अस्तित्वमाथि प्रश्न उठेको थियो। तर भगवानलाई धन्यवाद, त्यसले मलाई सिध्याएन र म बचें।'

प्रतिक्रिया दिनुहोस्