ऋतिक र टाइगर स्टारर फिल्म ‘वार’को ट्रेलर रिलिज (भिडियो)



ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म 'वार'को ट्रेलर रिलिज भएको छ । फिल्म ट्रेलरमा खतरनाक स्टन्ट, एक्शन, फाइट सीक्विेन्स देख्न सकिन्छ । 

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्ममा ऋतिक र टाइगरले पहिलोपटक एक साथ काम गरेका हुन् । यी दुबैलाई एक्शनको हिरो पनि भनिन्छ । 

यशराज ब्यानरमा बनेको वारलाई हिन्दी, तमिल र तेलेगू भाषामा रिलिज गरिने भएको छ । 

फिल्ममा ऋतिक रोशन र टाइगर श्राफका साथ वाणी कपूर पनि देखिने छिन् । फिल्म अक्टूबर २ मा रिलिज हुनेछ । 

यो फिल्मले ऋतिक र टाइगरको पुराना फिल्मको रेर्कड तोड्नसक्ने अनुमान पनि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्