‘छ माया छपक्कै’ को फस्टलूक सार्बजनिक



काठमाडौं : यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ को पहिलो फस्टलूक सार्वजनिक गरिएको छ। फिल्म युनिटले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा अभिनेता दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाललाई देख्न सकिन्छ।

यस्तै केकी अधिकारीले घुम ओढेकी छिन्। पोस्टरमा केकीलाई तीनै जनाले हेरेको देखाइएको छ। रोहित अधिकारीको लगानी रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। आमा सरस्वती भुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुति रहेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो।

दीपकराज गिरीले पटकथा तयार पारेको  फिल्मको कथामा केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद छ। दशैँमा रिलिज गरिने भनिएको चलचित्रको रिलिज मिति भने अझै तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्