केपी ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म छलफल भएको राप्राका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा भेटवार्ता भए पनि विशेष एजेन्डामा छलफल भएको जानकारी नभएको प्रवक्ता श्रेष्ठले बताए ।

चुनावी तालमेल आवश्यकताको आधारमा हुनसक्ने भए पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मात्रै त्यसको निर्णय गर्ने उनले बताएका छन् । ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० साउनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्