पहिरोपीडितको घरमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना



पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बोडीस्वाँरामा गएको पहिरोको स्थलगत अवलोकन गरेका छन्। पहिरोपीडितलाई भेट्न आज गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सनाले स्थलगत अवलोकनका साथै पहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारका तर्फबाट दिइने रु एक लाख नगद राहत हस्तान्तरण गरेका छन्।

उनले पहिरामा परी ज्यान गुमाएका परिवार तथा स्थानीयवासीलाई भेटेर विपद्को अवस्थामा सबै मिलेर उद्धार र राहतमा जुट्न आग्रह गरे। उनले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। भदौ ५ गते बुधबार  राति गएको  पहिराले घर बगाउँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्