यस्तो बन्यो चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर (भिडियो)



काठमाडौं : साहित्यकार झमक घिमिरेको पुस्तक ‘जीवन काँडा की फूल’मा आधारित फिल्मको ट्रेलर सार्वजनिक भएको छ। विनोद विष्टको निर्माण तथा निर्देशन रहेको फिल्मको नाम पनि ‘जीवन काँडा की फूल’ नै राखिएको छ। फिल्ममा झमक घिमिरेको बाल्यकालको कठिनाइ देखि लिएर साहित्यकार बन्दासम्मको संघर्ष देखाइएको छ।

झमकको बाल्यकालको भुमिकामा अवस्था थापा देखिएकी छिन् भने युवा अवस्थाको भुमिकामा रोजिता थापा प्रस्तुत भएकी छिन्। उनीहरूको साथै फिल्ममा सारिका घिमिरे, किसन सुनार, उमा गिरी लगायत कलाकारको अभिनय रहेको छ। यो फिल्म कार्तिक २२ गते देखि प्रर्दशन हुँदैछ।

भिडियो : 

प्रतिक्रिया दिनुहोस्