८ सय ८८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो।

बितेको चौबिस घण्टामा ४ सय ७४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। सोही समयमा १ जना संक्रमितको मृत्यु भएको छ।हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्