नेपाली र अमेरिकी सेनाबीच भोली संयुक्त सैन्य अभ्यास हुँदै



काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार २ देशका सेनाबीच मंगलबारबाट १ महिना सैन्य अभ्यास हुने भएको हो । मंगलबार काठमाडौं र नगरकोटमा संयुक्त सैन्य अभ्यास हुनेछ ।

२ देशका सेनाबीच एक महिना हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् । उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ । सैन्य अभ्यासका लागि अमेरिकी सेना सोमबार नेपाल आइपुगेको छ ।

२०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स–ब्यालेन्स नेल’अन्तर्गतको ३९औं संस्करण भएको सेनाले जनाएको छ । नेपाल र चीनबीच हुने संयुक्त सैन्य अभ्यास भने कोरोना महामारीका कारण प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्