बलिउड स्टार जसले आमालाई आफ्नो स्टारडम देखाउन पाएनन्



एजेन्सी : हामी जब कुनै राम्रो काम गर्छौं अथवा मानिसहरुले हाम्रो कामलाई सराहना गर्छन्, त्यो बेला हामी बुवा-आमा साथमै हुनुहोस् भन्ने चाहन्छौं। आफ्ना बुवा-आमाको अघिल्तिर चर्चित हुनुको आनन्द नै बेग्लै हुन्छ।

हामी जस्तै फिल्मी क्षेत्रका स्टारहरु पनि के सोच्दछन् भने उनीहरुको आमा-बुवा उनीहरुको स्टारडमको साक्षी बनुन्। तर, हरेक फिल्मी स्टारहरुको उक्त इच्छा पूरा हुँदैन। कुरा गर्दैछौं छ त्यस्ता फिल्मी स्टारहरुको, जसले स्टारडम हासिल गर्नुभन्दा पहिला नै आफ्नी आमालाई गुमाएका थिए।

जान्हबी कपुर :-  श्रीदेवी तथा बोनी कपुरकी छोरी जान्हबी कपुर बलिउडकी लोकप्रिय अभिनेत्री बनिसकेकी छिन्। उनलाई ठूला ब्यानरका थुप्रै फिल्महरुबाट अभिनयका लागि प्रस्तावहरु आइरहेका छन्। तर, उनको पहिलो फिल्म ‘धडक’ प्रदर्शन हुनुअघि नै उनकी आमा श्रीदेवीको निधन भयो। स्वयं भारतीय सिनेमाकी ठूलो स्टार रहिसकेकी श्रीदेवीले आफ्नी छोरी जान्हबीलाई स्टार बनेको देख्नै पाइनन्।

अर्जुन कपुर :- जान्हबी कपुरकै जस्तो दुर्भाग्य उनका सौतेला दाइ अर्जुन कपुरको पनि भयो। उनको पहिलो फिल्म ‘इशकजाने’ प्रदर्शन हुनुभन्दा डेढ महिनाअघि मात्रै उनकी आमा मोना कपुरको निधन भएको थियो। उनी क्यान्सरकी बिरामी थिइन्। अर्जुनलाई आजसम्म पनि के कुराको दुःख छ भने उनकी आमा उनको पहिलो फिल्म हेर्नै नपाई यो संसारबाट विदा भइन्।

शाखरुख खान :- बलिउडका किङ खान अर्थात शाहरुख खान आमा लतिफ फातिमा खानसँग निकै नजिक थिए। उनकी आमाको सपना के थियो भने उनका छोराका फिल्महरुमा अभिनेता दिलीप कुमारले काम गरुन्। तर, जब शाहरुख खान फिल्ममा संघर्ष गरिरहेका थिए, उनकी आमा बिरामी पर्न थालिन्। शाहरुख खानको पहिलो फिल्म ‘दिवाना’ प्रदर्शन हुनुभन्दा अघि नै उनकी आमा यो संसारबाट विदा भइन्।

 

सञ्जय दत्त :- अभिनेता सञ्जय दत्त पनि ती कलाकारको सूचीमा छन्, जसले आफ्नी आमालाई आफ्नो पहिलो फिल्म प्रदर्शन हुनुभन्दा अगाडि नै गुमाए। सञ्जय दत्तको फिल्म ‘रकी’ प्रदर्शन हुनुभन्दा केवल पाँच दिनअघि उनकी आमा नरगिस दत्तको निधन भएको थियो। नरगिस स्वयं बलिउडकी लोकप्रिय अभिनेत्री थिइन्।

सुशान्त सिंह राजपूत :- टेलिभिजन धारावाहिकबाट बलिउडमा स्थापित भएका अभिनेता हुन् सुशान्त सिंह राजपूत। सुशान्तले फिल्ममा पाएको लोकपि्रयतालाई उनकी आमाले देख्न पाइनन्। सुशान्तले सन् २००८ मा धारावाहिक ‘किस देश में है मेरा दिल’ मार्फत अभिनय यात्रा सुरु गरेका थिए। जबकी उनकी आमाको निधन सन् २००२ मै भैसकेको थियो। धारावाहिकपछि उनले फिल्म क्षेत्रमा आफ्नो यात्रा सुरु गरे। फिल्ममा समेत उनले सफलताको स्वाद चाखिसकेका छन्।

प्रतीक बब्बर :-  अभिनेत्री स्मिता पाटिल तथा अभिनेता राज बब्बरका छोरा प्रतीक बब्बर त ती कलाकारहरुमध्ये एक हुन्, जसले आफ्नी आमालाई आफ्नो बाल्यकालमै गुमाउन बाध्य भए। प्रतीकको लालन-पालन उनकी हजुर बुवा-हजुर आमाले गरेका थिए। सन् १९८६ मा प्रतीक जन्मिने क्रममै उनकी आमाको निधन भएको थियो। उनको जन्मको क्रममा स्तिमा पाटिलको स्वास्थ्य अवस्था नराम्ररी बिग्रिएको थियो, त्यही बेलै उनको निधन भयो। प्रतीकले बलिउडमा सन् २००८ मा डेब्यू गरेका थिए।

प्रतिक्रिया दिनुहोस्