५ सय ४२ जनामा कोरोना पुष्टि, ४ सय २१ निको



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन् । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन । हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्