त्यसो भए बैंकहरुले विज्ञापन नदिने ?



काठमाडौं : वित्तीय क्षेत्र बैंकको समाचार गलत लेखेमा बैंकहरुले विज्ञापन नदिने भएको छ । 

पछिल्लो  समय बढ्दै गएका अनलाइनहरुले कपोकल्पित समाचार लेखेर विज्ञापनको बार्गेनिङ  गर्नेको संख्या बढेका कारण त्यस्ता सञ्चार माध्यमलाई विज्ञापन नदिने बैंकहरुले सहमति गरेको छन् ।

बुधबार बसेको एशोसिएसनको बैठकले आधिकारिक रुपमा नै यस्तो निर्णय गरेको हो । प्रेस काउन्सिलसँग आवश्यक समन्वयनसमेत गरी आगाडी बढ्ने तयारी भएको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

पत्रकारीताको नाममा जथाभावी समाचार लेखेर विज्ञापनको बार्गेनिङ  गर्न आउने सञ्चार माध्यमलाई विज्ञापन दिन रोक लगाएको ढुंगानाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्