‘चपली हाइट ३’ साम्राज्ञीले किन गरिनन् ? अब भयो स्वस्तिमाको इन्ट्री



काठमाडाैं : नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘मारुनी’ भोली शुक्रबारदेखि रिलिज हुँदैछ। चलचित्र रिलिजको क्रम एकातिर छ भने अर्कोतिर उनलाई नयाँ नयाँ चलचित्रबाट अफर पनि आइरहेको छ।

उनलाई निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’का लागि अफर गरेका थिए। तर, साम्राज्ञीले चलचित्रको कथा मन पराएर पनि यसमा काम गरिनन्। साम्राज्ञीले आफ्नो भूमिका र सिंगो चलचित्रलाई नै शक्तिशाली मानेकी थिइन् । तर, चलचित्रको नामका कारण उनले नगरेको श्रोतले बतायो।

वुझिएअनुसार, साम्राज्ञीले ‘चपली हाइट ३’मा काम गर्दा दर्शकमा आफ्नो बारेमा अर्कै छाप पर्ने सोच राखेकी थिइनन्। किनभने, ‘चपली हाइट’ नाम भन्ने वित्तिकै दर्शकले ग्ल्यामर, बोल्ड र थ्रिलर भन्ने वुझ्छन्। यसैले, निर्माणपक्षसँग उनले नाम परिवर्तनका लागि आग्रह गरेकी थिइन्।

तर, ब्रान्ड बनिसकेको नाम नै परिवर्तन गर्न निर्माता अर्जुन कुमार राजी भएनन्। जसकाकारण, साम्राज्ञीसँग निर्माणपक्षको अन्य कुरा अगाडि बढ्न सकेन। चलचित्रका लागि नायिका स्वस्तिमा खड्कालाई अफर गरियो। स्वस्तिमाले भने आफ्नो भूमिका र कथा शक्तिशाली लागेकाले काम गर्न लागेको बताएकी छिन्। निकेश खड्काले यो चलचित्रको निर्देशन गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्