पाटनमा कृष्ण जन्माष्टमीको रौनक (फोटो फिचर)



काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । त्यही घुइँचोमा कृष्णको भेषमा सजिएका बालबालिकाहरु पनि देखिएका छन् ।

मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि लामो लाइन छ । स्वयंसेवकहरुले उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएका छन् । प्रहरी भने सुरक्षाका लागि खटाइएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको मान्यताअनुसार आजको दिन व्रत बस्ने र कृष्णको पूजा गर्ने चलन छ ।

आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्र प्रमुख पनि जाने चलन छ । आज मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ । श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र घुम्न जानेहरुको मेला लागेको छ ।

तस्बिर : विजय तामाङ/टीएनटी

प्रतिक्रिया दिनुहोस्