किन प्रभाषले अनस्क्रिन किसिङ सिन्स गर्दैनन् ? कारण यस्ताे..



एजेन्सी : साउथ फिल्म उद्योगका सुपरस्टार प्रभाषले विगतका वर्षहरुमा विभिन्न जान्राका फिल्महरुमा काम गरे। प्रभाषले फिल्ममा लभर ब्वाईको भूमिकामा पनि काम गरे। तर, बाहुबली फेम प्रभाषको पर्दामा किसिङ सिन्स भने अहिलेसम्म देखिएको छैन। प्रभाषले फिल्ममा किसिङ सिन नगर्नुको कारण खुलासा गरेका छन्। 

एक अन्तर्वाताको क्रममा प्रभाषलाई किसिङ सिन्सको बारेमा प्रश्न गरिएको थियो, जहाँ प्रभाष भने– ‘मलाई यस्तो सिन गर्न असहज महसुस गर्छु। सोही कारण मेरो रोमान्टिक फिल्ममा किसिङ सिन्स हुन्न।’

त्यसोत, सबैलाई थाहा भएकै कुरा हो, अभिनेता प्रभाष निकै लजालु स्वभावका छन्। ‘साहो’ रिलिजमा आइसकेपछि प्रभाष अर्को एक रोमान्टिक ड्रामा फिल्ममा देखिदैछन्। उक्त फिल्ममा प्रभाषको लेडीलभको रुपमा अभिनेत्री पूजा हेग्डे हेनेछन्।

यहि शुक्रबारबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘साहो’लाई हिन्दी भर्सनको सेन्सर बोर्डले बिना कट पास गरिदिएको छ। यो फिल्म दुई घण्टा ५१ मिनेट लामो छ। फिल्ममा प्रभाषको अपोजिटमा बलिउड अभिनेत्री श्रद्धा कपुर छन्।

प्रतिक्रिया दिनुहोस्