कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै १ महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।

गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता बिमलेन्द्र निधिले ट्वीट गरेका छन्, ‘स्तब्ध र निरिह छु, ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं ।’

 

प्रतिक्रिया दिनुहोस्