गिरीको स्वास्थ्य स्थिति स्थिर



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ। शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका परिवारकाअनुसार हिजो शुक्रबार जे अवस्था थियो अहिले त्यहि स्थिति छ।

लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए। स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिनअघि उनको छातीमा संक्रमण देखिएको हो। उनको अहिले मेडिसिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्