शर्माको प्रस्ताव, ‘२ पटक मात्र प्रधानमन्त्री हुने व्यवस्था गरौं’



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २ पटकभन्दा बढि प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटकपटक दिन नहुने बताएका हुन् ।

महामन्त्री शर्माले १ पटकसम्म राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढि सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् । उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए ।

दलहरुले आ-आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए । उनले भने, ‘१ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटकभन्दा बढि सांसद हुन नपाउने व्यवस्था हुनुप¥यो । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ । मैले त भन्ने गरेको छु-राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनु हुन्न ।’

महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दावी गरे । उनले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिक्रिया दिनुहोस्