गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले कांग्रेस नेता प्रदीप गिरिको निधनले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमेको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै गिरिको निधनको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताएकी हुन् ।

‘उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं । म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’ राष्ट्रपतिले ट्वीटमा भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्