गिरिको निधनबाट देशले एक सच्चा र असल नेता गुमाएको छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनले देशले एक सच्चा र असल नेता गुमाएको बताएका छन्। नेता गिरिको निधनपछि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै देउवाले आफू निके स्तब्ध भएको बताए।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ।’

गिरिको आत्माको चिर शान्तिको कामना गर्दै देउवाले परिवारजनमा समवेदना व्यक्त गरेका छन्। कांग्रेसका नेता गिरिको ७५ वर्षको उमेरमा शनिबार राती निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्