धनपतिलाई हटाएर बालेनले बनाए पाण्डेलाई नगर प्रहरी प्रमुख



काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख परिवर्तन गरेको छ। मेयर बालेन्द्र शाह(बालेन)ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन्।

काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन्। जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ।

नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताए। ‘म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो। थोरै जिम्मेवारी हेरफेर भएको मात्रै हो। पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्छु,’ उनले भने।

यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन्।

प्रतिक्रिया दिनुहोस्