कपिलवस्तुमा सर्पको टोकाइबाट १ महिलाको मृत्यु



रुपन्देही । कपिलवस्तुमा सर्पको टोकाइबाट १ जनाको ज्यान गएको छ। कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएक हो।

सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो। आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो।

सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्