थाहा पाउनुहोस् आजको राशिफल



काठमाडौं । आज ६ भदौं २०७९, सोमबार। तद्नुसार अगष्ट महिनाको २२ तारिक २०२२ । भाद्रकृष्णपक्ष एकादशी, आजको दिनलाई एकादशी भनिन्छ । यसपटक एकादशी तिथि दुई दिन परेको छ। त्यसैले एकादशीको व्रत भोलि पनि लिन सकिन्छ।

बब करण, मृगशिरा नक्षत्र, व्रज योग, चन्द्रमा मिथुन राशिमा रहेको छ। आज बिहान सूर्योदय ५ः३७ मा हुनेछ भने सूर्यास्त ६ः३७ मा हुनेछ । आजको देवता वरुण र ग्रहदेव चन्द्र रहेको छ । सोमबारको दिन शिवको प्रिय बार हो।

आज बिहान ७ः१६ देखि ८ः५३ सम्मको समय राहुकाल रहेको छ । यो समय बाहेक दिनभर आज शुभ मानिन्छ। आजको दिन व्यापार व्यवसाय आरम्भ गर्न, भवन निर्माणको काम गर्नका लागि शुभ दिन मानिन्छ।

सोमबार र आजको दिन सवारीसाधन खरिद गर्न पनि शुभ मानिन्छ। आजको दिन यात्राका लागि उत्तम दिन रहेको छ। सामाजिक सेवाका कार्यमा अग्रसरता देखाउदा पनि राम्रो हुनेछ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा मात्र कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा तपाईको इच्छा पूरा हुँदै जानेछ । मौन रहनु उत्तम हुनेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा  छाउने छ ।  पारिवारिक सन्तोष, आम्दानी र नयाँ सोच आउने छ । चन्द्रमाको साथ रहेको छ । विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काम गर्दा मनमा खुसियाली छाउने छ । आज शुरु गरेको नयाँ कामले सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्यनारायणको दर्शन गर्नुहोला ।   

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नैं आरोप लाग्न सक्छ । 

 कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ ।  तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ । बालक, बालिकालाई भोजन गराउनुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । 

 वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन यात्रा अवरोध आउनसक्छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

 धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईंको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।  

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईंको लागि आज अर्थलाभ हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरूसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन तपाईले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । 

 मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईमा आत्मबल बृद्धि हुँदै जानेछ ।

 

प्रतिक्रिया दिनुहोस्