ट्वीटरकै सीईओको अकाउन्ट ह्याक भएपछि…



काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । 

ह्याकर्सले उनको अकाउन्टबाट आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि  ह्याक भएको खुलेको हो । पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । 

ट्वीटरका अनुसार यस घटनाको जाँच जारी छ । डोर्सीको ह्याक अकाउन्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् ।

चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्