अक्षय खन्नाको तस्बिर देखेर प्रशंसक हैरान



एजेन्सी : बलिउड नायक अक्षय खन्नाको पछिल्लो तस्बिर आजकाल चर्चामा छ। सोसल मिडिया प्लेटफर्ममा अक्षयको तस्बिर सार्वजनिक भएपछि प्रशंसक उनको स्वास्थ्यबारे प्रश्न उठाइरहेका छन्।

तस्बिरमा अक्षय खन्नाको तौल पहिलेको भन्दा निकै घटेको देखिन्छ। अक्षयको कपाल देखेर पनि प्रयोगकर्ताले विभिन्न प्रश्न उठाइरहेका छन्। वास्तवमा, फोटोमा अक्षय खन्नालाई हेर्दा यस्तो लाग्छ कि उनलाई कुनै रोगले च्यापेको छ।

अक्षयको तस्बिरमा चासो देखाउँदै प्रयोगकर्ताले लेखे, ‘केबाट के भए।’ यस्तै एक प्रयोगकर्ताले सोधे, ‘अक्षयले कपाल प्रत्यारोपण किन गराउँदैनन् ?’

अक्षय खन्नाका तस्बिरमा थुप्रै प्रयोगकर्ताले उनको राम्रो स्वास्थ्यको कामना गरे। कति प्रयोगकर्ताले आजको समयमा पनि अक्षयले आफूलाई किन फिट नराखेको भनेर पनि प्रश्न गरे।

स्मरण रहोस्, अक्षय खन्ना चाँडै नै फिल्म सेक्सन ३७५ मा देखिँदैछन्। यो फिल्ममा उनले एक वकिलको भूमिका निभाउँदैछन्। फिल्ममा ऋचा चड्डा पनि छिन्। यो फिल्म अजय बहलले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्