गैँडाको आक्रमणमा तीन घाइते



बर्दिया : बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन्। आज बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो।

आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ। आक्रमणबाट बारबर्दिया नपा–४ का ३९ वर्षीय रामप्रसाद थारु, सोही नपा–५ का ६५ वर्षीय जङ्गली थारु र १० वर्षीया शिखा थारु घाइते भएको वडा नं– ४ का वडाध्यक्ष मानबहादुर थारुले बताए।

प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जङ्गली र शिखाको अवस्था गम्भीर रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्