सेन्सरबोर्ड नहुँदा बिकृत बन्दै मैथिली गीतसंगीत 



– कमल मण्डल

जनकपुरधाम :  दिलमे बसलोै अहा… , धडकनमे बसालीय वोलको मैथिली गीतले मैथिली गीत संगीतको आकासमा एउटा नयाँ आयाम ल्यायो । गीत हिट भएपछि यहि गीतको लयमा पचास भन्दा बढी गायक गायिकाले मैथिली तथा भोजपुरी भाषामा आ-आफनो आवाजमा रेकर्ड गराए ।

यहि गीत पछि मैथिली संगित क्षेत्रमा गीतको चोरीको सुरुवात भएको देखिन्छ । एउटा गीत मैथिलीमा हिट हुनसाथ त्यसकै हुवहु नक्कल गरेर अर्को गीत बजारमा ल्याउने चलन पछिल्लो समय ह्वातै् बढेर गएको छ । सुपरहिट मैथिली गीतहरु दिलमे बस्लोै अहाँ ,मुस्कानमे अहाँके ,चेहरा छुपाक एलोै ,नथीया टुटल सैया खटीयापर , पिंकी स दिल लगेलोै लगायतको मैथिली गीतहरुको नक्कल प्रशस्तै भएका छन् ।

गायकहरु भागवत मण्डल, सोनु कुमार,बिरेन्द्र झा, सरोज संत, सुनिल पाल, कैलास झा, रंजीत शर्मा, अरुण बिजैयाका गितहरुको नक्कल गरिदै आएको छ । त्यस्तै गायिकाहरु मुनचुन देव, अंजु यादब, ज्योति विश्वकर्मा, अंजली पटेल, बन्दना मैनाली लगायतले गाएको मैथिली गीतहरुको नक्कल गरिने गरिएको छ ।

बिराटनगर, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोतरी लगायतका ठाउँहरुमा मैथिली गीत रेकर्ड हुने ५० भन्दा बढी स्टुडियोहरु छन् । अर्का तिर डि.जे.को नाममा अश्लील मैथिली गीतहरु धमाधम रेकर्ड भईरहेको छ । एउटा गीत बजारमा हिट भयो भने धेरै जनाले त्यहि गीतको डुब्लीकेट निकाल्ने चलन बढदै गएको देखिन्छ ।

धेरै लगानी गरेर गीत रेकर्ड गर्नु पर्दा भने कतिपय गायक गायिकाहरु भारतको पटना, झंझारपुर, दिल्ली, बिराटनगर, काठमाण्डोै जाने गरिएको छ । अहिले मधेशको गाउँ गाउँमा टोल टोलमा एउटा कम्प्यूटर राखेर प्लाई उडले घेरेर स्टुडियो बनाउने परिपाटिको विकास पनि भएको छ । हिन्दी भोजपुरी गीतको ट्रयाक डाउनलोड गरेर त्यसैमा नयाँ गायक गायिकाहरुलाई गीत गाउन दिने गरिएको छ ।

काठमाण्डोैमा एउटा गीत एफ.एममा बजे वापत एक रुपैयाँ रोयल्टी जम्मा हुन्छ ।  एक वर्षमा एउटा गायकले ५० हजार देखी ३ लाख सम्म रोयल्टी पाउँछन तर मैथिली गायकको गीत दिनभरी लोकल एफ.एमहरुमा बजिरहे पनि एक रुपैयाँ पनि पाउँदैनन् ।

नाम चलेको मैथिली गायक गायिकाहरु स्टेज शो र चाड पर्वको वेलामा गीत गाएर राम्रो आम्दानी गरीरहेका छन् । चाहे त्यो हिन्दी, भोजपुरी को ट्रयाकमा किन नहोस दर्शक स्रोतालाई मतलब हुदैन । यसले गर्दा मैथिली गीत संगीतको नाममा मैथिली संस्कृतीक गीतहरु लोप हुदै गएको छ । हिन्दी र भोजपुरीको पछि लाग्दा मैथिली संस्कृति झल्किने गीतहरु बिस्थापित हुदै गएको अवस्था छ ।

बिग्रिए गीतकार 

मैथिली गीत संगीतमा सबै भन्दा ठुलो समस्या भनेको के हो भने गीतकारहरु एउटै गीत तिन जना सम्मलाई दिन्छन् ।  एउटै गीत तीनजना गायकले रेकर्ड गराई सकेपछी  भिडियो बनाएर जब यू टयूवमा अपलोड हुन्छ त्यति बेला झगडा सुरु हुन्छ । त्यस्तै नामचलेका गायकहरु १० जनाको पैसा लीन्छन् तर समयमा गाना तयार नगरिदिए पछी लुकीलुकी हिड्नुपर्ने अवस्था पनी रहेको छ ।

वरिष्ठ गीतकार विनीत ठाकुरको भनाई अनुसार मैथिली गीत संगीतको बजार धेरै राम्रो हुदै गएको छ । तर डि.जे.को नाउमा ८० प्रतिशत गीत भोजपुरी र हिन्दी गीतको नकल भइरहेको बताउँछन् उनि । भन्छन् , यस्तै रहयो भने भोलीका दिनमा नाम मात्रै मैथिली गीत रहन्छ बाँकी शब्द संगीत सबै भोजपुरी रहन पनि बेर लाग्दैन।

शास्त्रीय संगीत गायक तथा गुरु संन्तोश कुमार सानुको भनाई अनुसार अहिलेका गायकहरु संगीतको ज्ञान नसिकी मैथिली गीतसंगीतको क्षेत्रमा आईरहेका छन् । सुर तालको ज्ञान नभएको मान्छेहरु पनी गायक बनेको देख्दा सम्पूर्ण मैथिली संगीतनै मजाक बन्ने ठान्छन् सानु ।

त्यस्तै वरिष्ठ शास्त्रीय संगीत गुरु गुरुदेव कामत अहिले मैथिली गीत संगीत क्षेत्रमा धेरै बिकृति आएको बताउँछन् । कामत भन्छन् ,चोरीको गीत गाउने अनि हिन्दी, भोजपुरीको नक्कल गर्नेहरु बढि छन् । यि सब दृष्टान्तले के देखाउँछ भने जबसम्म मैथिली गीतसंगीतको सेन्सर हुदैन तबसम्म मैथिली गीत संगीतको बास्तविक बिकास हुने देखिदैन ।

प्रतिक्रिया दिनुहोस्