मदन भण्डारी लोकमार्ग नजिकैको देउराली जंगलमा बम



उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ बँदेलपानी र बेलका नगरपालिका ५ सुपाडे बीचमा पर्ने देउराली जंगलमा कार्टुनमा तार बाँधिएको अवस्थाको शंकास्पद बस्तु फेला परेको छ।

नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा लगायत ४ राजनीतिक पार्टीहरुले गरेको संयुक्त नेपाल बन्दमा शंकास्पद बस्तु बम फेला परेको हो। मदन भण्डारी लोकमार्गमै शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले सडक छेउमा विद्युतको तार जोडिएको कार्टुन भेटिएको बस्तु के हो भन्ने बुझ्न र बम भए डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली घट्नास्थलतर्फ पठाइएको बताए।

सडक छेउमा शंकास्पद बस्तु भेटिएको जानकारी आए लगतै नेपाली सेनाको बोक्सेस्थित गणबाट बम डिस्पोजल टोलीले घट्नास्थल पठाएका बताए। शंकास्पद बस्तुमा बम वा अन्य बिष्पोटक पदार्थ के हो यकिन गर्न टोली परचिालन गरिएको छ।

बिप्लब नेतृत्वको नेकपाले ०७७ फागुन २१ गते तत्कालीन सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, राष्ट्रघाति अमेरिकन परियोजना मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको तथा अमेरिकाकै स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) लागू गर्न खोजेको भन्दै अन्य ३ राजनीतिक दलहरुसँगको सहकार्यमा मंगलबार नेपाल बन्दको आव्हान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्