नक्खु कारागारका कैदी शिक्षण अस्पतालबाट फरार



काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदी बुधबार त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन्।

शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी बुधबार दिउँसो करिव सवा ४ बजेतिर फरार भएका हुन्। फरार हुनेमा रामेछापका भोला बुढाथोकी रहेका छन्।

नक्खु कारागारका प्रमुख सुवासकुमार लामिछानेले अस्पतालबाटै कैदी फरार भएको बताए। झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उनको पहिले देखिनै उपचार हुँदै आएको थियो। फलोअपको लागि आज अस्पताल लग्दा उनी भागेका हुन्।

उनको एक हातमा हतकडी रहेको थियो। उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ। कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई २०७२ सालमा नक्खु कारागार ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्