सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदी



धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन्। पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट दीर्घ सोडारीलाई बर्खास्त गरिएपछि सुवेदीलाई नियुक्त गरिएको हो ।

 

सुवेदीको मंगलबार वेलुका ४ बजे सपथ ग्रहण भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको हो। तत्कालीन् एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट प्रदेश सभामा विजयी भएका थिए ।

 

पदिय आचरण विपरित कार्य गरेको, पार्टीलाई उपेक्षा गरेको, स्वेच्छाचारी भएर मन्त्रालय चलाएको सोडारीमाथि आरोप छ । निकै ठूलो दबाबछि रावल पछि हटेपछि सोडारीको हातबाट मन्त्री पद गुमेको हो ।


यी समाचार पनि पढ्नुहाेस् 

'म गुटबन्दीकाे सिकार भएँ'

सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी पदमुक्त

प्रतिक्रिया दिनुहोस्