सामसङ ग्यालेक्सी ए १३ नेपालमा आउँदै



काठमाडौं । सामसङको ए सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै रिलिज हुँने जनाइएको छ । सामसङ ग्यालेक्सी ए १३, सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन रहेको कम्पनीको दाबी छ ।

सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ र ग्यालेक्सी ए १३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा-लेन्स क्यामेरा र आकर्षक एज-टु-एज डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

यी सबै सुविधाहरूले ए १३ लाई कन्टेन्ट बनाउनेहरूका लागि, र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण बनाउन यो फाने उपयुक्त रहेको कम्पनीले जनाएको छ । ‘यसको शक्तिशाली मल्टि-क्यामेरा प्रणालीले तस्विर र भिडियोहरू खिच्न धेरै सुविधाजनक बनाउँछ, र यसको सिस्टमले प्रदान गर्ने विशाल स्टोरेज वृद्धिले यो फोनलाई तपाईंको टीममा एक उत्कृष्ट सदस्य बनाउछ ।’ कम्पनीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

फोनको स्क्रिनले प्रस्तुत गरेको सम्मताले सम्पादन गर्ने काम वा टिक्टोकमा स्क्रोल गर्न कामलाई पनि धेरै सुविधाजनक बनाउँछ । फोनमा लोड गर्ने ती सबै डाटा र सबै फाइलहरूको सुरक्षाको बारेमा पनि चिन्ता गर्नु नपर्ने कम्पनीको दाबी छ । ग्यालेक्सी ए १३ सामसङको विशेष नोक्स सुरक्षासँग सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए १३ उदीयमान कन्टेन्ट बनाउनेहरूका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ। आफ्नो उत्कृष्ट टिकटक कन्टेन्टको लागि बजेट अनुकूल तर सुविधाले भरिएको ए१३ रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्