रणवीरको भिडन्त सलमानसँग



काठमाडौं : बलिउडमा आगामी वर्ष सन् २०१९ मा अभिनेताद्वय सलमान खान र रणवीर कपूरको फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । 

मंगलवार करण जौहरले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’को प्रदर्शन २०१९ को डिसेम्बरमा पर्ने क्रिसमसमा हुने घोषणा गरेका छन् । रणवीर कपूर प्रमुख भूमिकामा रहेको यो फिल्मको प्रथम प्रदर्शन मिति १५ अगस्ट २०१९ लाई तोकिएको थियो । तर, मंगलवार मिति सार्दै करणले क्रिसमसमा प्रदर्शन हुने घोषणा गरेका हुन् । 

क्रिसमसमै सलमान खानको फिल्म ‘किक २’ पनि प्रदर्शन हुँदैछ । किक २ को मिति यसअघि नै क्रिसमसमा प्रदर्शनका लागि तय भइसकेको थियो । अहिले करणले ‘ब्रह्मास्त्र’को मिति सार्दै रणवीरको भिडन्त सलमान प्रमुख भूमिकामा रहेको ‘किक २’ सँग निश्चित गराएका छन् ।

‘ब्रह्मास्त्र’ आयान मुखर्जीद्वारा लिखित तथा निर्देशित फिल्म हो। यसलाई करण जौहरले निर्माण गर्दैछन् ।

फिल्ममा रणवीरका अलावा आलिया भट्ट, अमिताभ बच्चन, अक्किनेनी नागार्जुन, मौनी राय लगायत कलाकारको अभिनय देख्न पाइनेछ । यो फिल्मबाट अमिताभले पहिलोपटक आलिया र रणवीरसँग स्क्रिन शेयर गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्