प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ। आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन्।

यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्